धनकुटा । पछिल्लो समय देशमा विकसित घटनाक्रम र आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै धनकुटा उद्योग वाणिज्य संघले जिल्लाभरिका उद्योगी–व्यवसायीहरुलाई कृत्रिम अभाव सिर्जना गर्ने गरी सामान स्टक नगर्न आग्रह गरेको छ । संघका अध्यक्ष विजय सन्तोषी राईका अनुसार चाडपर्वमा सर्वसाधारणलाई आवश्यक वस्तु सहज उपलब्ध होस् भन्ने उद्देश्यले यस्तो अपिल गरेको हो ।
यसैगरी संघले व्यवसायी तथा व्यापारीहरुलाई तोकिएको समयमा भ्याट, आयकर, अन्तःशुल्क लगायतका कर नविकरण गर्न अनुरोध गरेको छ । साथै व्यवसाय दर्ता प्रमाणपत्र, भ्याट तथा कर कार्ड अनिवार्य रुपमा प्रष्ट देखिने स्थानमा राख्न आग्रह गरिएको छ ।
संघले पसलमा मूल्य सूची टाँस्न, म्याद गुज्रिएका सामान बिक्री नगर्न, उचित मूल्यमा बिक्री वितरण गर्न र उपभोक्तालाई आवश्यक विवरण उपलब्ध गराउन व्यवसायीहरुलाई आग्रह गरेको छ ।




हुलाकी पाटी 
















प्रतिक्रिया दिनुहोस्