धनकुटा । निर्माण सामग्रीको अत्याधिक मूल्यवृद्धिले विकास निर्माणका काम प्रभावित भएको भन्दै नेपाल निर्माण व्यवसायी संघ धनकुटाले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाल निर्माण व्यवसायी संघ धनकुटाका उपाध्यक्ष यज्ञबहादुर राई र महासचिव मनोजकुमार राईको नेतृत्वमा आज प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई ज्ञापनपत्र बुझाउँदै पछिल्लो समय पेट्रोलियम पदार्थ, बिटुमिन, डण्डी लगायत निर्माण सामग्रीको मूल्य निरन्तर बढिरहेकाले निर्माण व्यवसायी गम्भीर आर्थिक संकटमा परेको जनाएको छ ।
संघका अनुसार सार्वजनिक खरिद नियमावलीअनुसार समयमै मूल्य समायोजन नहुँदा निर्माण व्यवसायी मारमा परेका छन् भने सञ्चालन भइरहेका योजनासमेत प्रभावित बनेका छन् । मूल्यवृद्धिका कारण तोकिएको लागतमा निर्माण कार्य सम्पन्न गर्न कठिन भएको व्यवसायीहरूको भनाइ छ । संघले निर्माण सामग्रीको वास्तविक बजार मूल्यअनुसार मूल्य समायोजन गर्न, निर्माण व्यवसायीलाई राहत तथा सहुलियतको व्यवस्था गर्न र विकास निर्माणका काम सहज रूपमा सञ्चालन हुने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
ज्ञापनपत्र हस्तान्तरण प्रश्चात संघले जिल्ला प्रशासन कार्यालय धनकुटा परिसरमा धर्ना समेत दिएको थियो ।




हुलाकी पाटी 
















प्रतिक्रिया दिनुहोस्