काठमाडौँ । यशोधा फुड्स प्रा.लिले गुणस्तरसम्बन्धी प्रश्न उठेको निश्चित ब्याचबाहेक अन्य सबै करेन्ट चाउचाउ उपभोगका लागि सुरक्षित रहेको जनाएको छ । कम्पनीले एक सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले औंल्याएको ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३–०४ए को उत्पादनबाहेक अन्य सबै ब्याचका चाउचाउ खान योग्य रहेको स्पष्ट पारेको हो ।
कम्पनीका अनुसार उत्पादन मिति २०२६/०२/२३ तथा ब्याच नम्बर ०४ ए भएको उक्त विशेष ब्याचबाहेक अन्य मितिमा उत्पादित सोही उत्पादन वा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू निर्वाध रूपमा उपभोग गर्न सकिन्छ । “खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचना अनुसारको करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३–०४ ए को चाउचाउ बाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सोभन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू निर्वाध रूपमा उपभोग गर्न सकिन्छ,” कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । यशोधा फुड्सले उपभोक्ता, खुद्रा तथा थोक विक्रेता र आधिकारिक वितरकहरूलाई सो विशेष ब्याचबाहेकका अन्य उत्पादनहरू ढुक्क भएर बिक्री–वितरण तथा उपभोग गर्न आग्रह गरेको छ।



हुलाकी पाटी 












प्रतिक्रिया दिनुहोस्