images
images
images

स्काइ वाकको दोस्रो वार्षिकोत्सव सम्पन्न, एसईईका उत्कृष्ट विद्यार्थीसहित विभिन्न व्यक्तित्व सम्मानित

images

धनकुटा । वन्डर्स ग्रुपको लगानीमा धनकुटाको भेडेटारमा निर्माण गरिएको स्काइ वाकको दोस्रो वार्षिकोत्सव मनाइएको छ । सोमबार आयोजित विशेष कार्यक्रममा स्काइ वाक सञ्चालनको दुई वर्ष पूरा भएको अवसरमा वार्षिकोत्सव मनाइएको हो ।

दुई वर्ष अघि २०८१ साउन ११ गतेदेखि सञ्चालनमा आएको स्काइ वाकले स्थापनाको उद्देश्यअनुसार पर्यटक आकर्षित गर्न सफल भएको वन्डर्स ग्रुपले जनाएको छ । पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित भेडेटारमा साहसिक पर्यटनको नयाँ आयाम थप्ने उद्देश्यले स्काइ वाक सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ ।  स्काइ वाकका प्रबन्ध निर्देशक सञ्जीव रोकायका अनुसार सरकारी क्षेत्रबाट हुन नसकेको साहसिक पर्यटन पूर्वाधार निर्माणको काम निजी क्षेत्रको पहलमा सफलतापूर्वक अघि बढेको छ । दुई वर्षअघि राखिएको लक्ष्य क्रमशः पूरा हुँदै गएको उनले बताए ।

images
images

उनका अनुसार सञ्चालनको पहिलो वर्ष १ लाख ७८ हजार र दोस्रो वर्ष १ लाख ३१ हजार पर्यटकले स्काइ वाकको अवलोकन गरेका
छन् । करिब ११ रोपनी क्षेत्रफलमा निर्माण गरिएको स्काइ वाक अहिले धनकुटा तथा आसपासका जिल्लासहित भारतबाट आउने पर्यटकको समेत आकर्षक गन्तव्य बनेको छ । सिसामाथि हिँड्दै आकाशमा हिँडेको अनुभूति दिलाउने यसको विशेषताले साहसिक पर्यटन रुचाउनेहरूलाई विशेष आकर्षित गरिरहेको छ ।

एक पटकमा २५ जनासम्म स्काइ वाकमा प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ । साथै ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा तीन फिटभन्दा कम उचाइ भएका बालबालिकालाई निःशुल्क प्रवेशको सुविधा उपलब्ध गराइएको वन्डर्स ग्रुपले जनाएको छ । स्काइ वाक सञ्चालनसँगै भेडेटारको पर्यटन प्रवर्द्धनमा थप टेवा पुगेको विश्वास गरिएको छ ।

साे अवसरमा सामाजिक क्षेत्रमा याेगदान पुर्याएका विभिन्न व्यक्तित्व सहित यस वर्षको एसईई परीक्षामा साँगुरीगढी गाउँपालिका भरिका विद्यालयमध्ये उत्कृष्ट अंक ल्याउने छात्रतर्फ ग्रामीण जनता माध्यमिक विद्यालयका जेशन मगर र छात्रातर्फ गोलखाडी माध्यमिक विद्यालयका रुमा राईलाई नगद २५/२५ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईको प्रमुख आतिथ्यतामा  सम्पन्न कार्यक्रमकाे संचालन स्काइवाकका परियोजना व्यवस्थापक अभिषेक लामिछाने गरेका थिए । कार्यक्रम वन्डर्स ग्रुपका अध्यक्ष तेजबहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

images
images

प्रतिक्रिया दिनुहोस्