धनकुटा । अविरल वर्षापछि आएको बाढी–पहिरोले मुलुकभर जनधनको ठूलो क्षति पुर्याएको सन्दर्भमा नेपाली कांग्रेस धनकुटाले मातहतका सबै समितिलाई उद्धार तथा राहतमा सक्रिय हुन आग्रह गरेको छ ।
जिल्ला सभापति दिनेश राई, सचिव विजय सन्तोषी राई र जयन्द्र घिसिङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उद्धार तथा राहत कार्यमा सम्पूर्ण शक्ति परिचालन गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई माग गर्दै पीडितका लागि तत्काल सुरक्षित बसोबास, उपचार र खानाको व्यवस्था गर्न अनुरोध गरिएको छ ।
धनकुटा कांग्रेसले विपत्तिमा दिवंगत भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, कार्यकर्ता र युवाप्रति आभार व्यक्त गर्दै सबै तहका समितिलाई क्षतिको विवरण शीघ्र जिल्ला कार्यालयमा उपलब्ध गराउन आग्रह गरेको छ ।
विपद्को घडीमा आपसी मतभेद भुली एकताका साथ राहत, उद्धार तथा पुनर्निर्माणमा जुट्न समेत पार्टीले आह्वान गरेको छ ।



हुलाकी पाटी 
















प्रतिक्रिया दिनुहोस्