धनकुटा । छथर जोरपाटी गाउँपालिकाले अस्थायी नियुक्ति तथा करार सेवामा कार्यरत स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य कर्मचारीहरुको नियुक्ति र सम्झौता तत्कालका लागि रोक्का गरेको छ ।
गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निर्देशनअनुसार २०८२ साल असोज २१ गतेदेखि लागू हुने गरी अस्थायी नियुक्ति तथा करार सम्झौता रोक्का गरिएको जानकारी दिएको हो । यसबारे जानकारी गराउन गाउँपालिकाले आज प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर घिमिरेद्वारा हस्ताक्षर भएको सूचना जारी गरेको छ ।
संघीय सरकार, प्रदेश तथा स्थानीय तहका अस्थायी नियुक्ति तथा करार सेवासम्बन्धी व्यवस्थापनलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले पत्राचार गरेअनुसार गाउँपालिकाले उक्त निर्णय गरेको बताइएको छ । यससँगै गाउँपालिकामा कार्यरत अस्थायी तथा करार सेवाका कर्मचारीसम्बन्धी विवरण र कार्यसम्पादनमा समेत असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई जानकारी गराइएको छ । मन्त्रालयबाट प्राप्त पत्र तथा निर्णय गाउँपालिकाको सूचनासँगै संलग्न गरिएको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्