धनकुटा । धनकुटाको निगालेमा आज अपराह्न यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। विराटनगरबाट धनकुटाको जीतपुरतर्फ जाँदै गरेको प्रदेश १–०२००१ ख ९६०६ नम्बरको साइराम यातायातको बस कोशी राजमार्ग अन्तर्गत धनकुटा-हिले खण्डको निगालेमा सडकबाट अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दुर्घटनामा महालक्ष्मी नगरपालिका वडा नम्वर ६ की ५५ वर्षीय गंगा कार्की र वडा नं ७ का ६० वर्षीय डिल्ली बरालको धनकुटा जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे छ ।
दुर्घटनामा घाइते हुनेहरूमा धनकुटा नगरपालिका–४ की ४५ वर्षीया दुर्गा माया तिम्सिना भट्टराई, धनकुटा नगरपालिका वडा नं ४ की ६० वर्षीया देवी न्यौपाने, महालक्ष्मी नगरपालिका–९ की ७५ वर्षीया तारा देवी काफ्ले, महालक्ष्मी–८ की १७ वर्षीया खुसी लुङ्गेली, मोरङ गाछिया–७ की ८ वर्षीया अंकिता खड्का र महालक्ष्मी–७ की सिर्जना जिमी रहेका छन् । घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै वस चालक इटहरी उपमहानगरपालिका वडा नं १७ वस्ने वर्ष ५० को कुलवहादुर मगरको बाँया हातमा चोट लागि घाइते भएको हिले पोलिक्लिनिकमा उपचार प्रश्चात प्रहरी चाैकी हिलेमा नियन्त्रण गरि राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीका अनुसार दुर्घटनापछि प्रहरी टोली घटनास्थल पुगेको छ र उद्धार तथा आवश्यक अनुसन्धानको कार्य जारी छ। प्रारम्भिक अनुसन्धानअनुसार बस अनियन्त्रित भई सडकमा पल्टिएको बताइएकाे छ।






हुलाकी पाटी 
















प्रतिक्रिया दिनुहोस्