images
images
images

धनकुटाको मुलघाट गोलाइमा बस दुर्घटना, एक जना सामान्य घाइते

images

धनकुटा । धनकुटा नगरपालिका–९ तिनघुम्तीस्थित कोशी लोकमार्गमा शुक्रबार बिहान एक यात्रुबाहक बस दुर्घटना भएको छ । दमकबाट दिक्तेलतर्फ जाँदै गरेको ना.प्र.१–०२–००१ ख ९५१९ नम्बरको बस आज शुक्रवार बिहान करिब सवा आठ बजे हावाको पाइप अचानक पड्किएपछि अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–३ की ५५ वर्षीया मिना गुरुङ सामान्य घाइते भएकी छन् । उनको ढाडमा चोट लागेको र उपचारका लागि धनकुटा अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । बसमा करिब २७ जना यात्रु सवार रहेकामा अन्य सबै सकुशल रहेको बताइएको छ। दुर्घटनास्थलमा प्रहरी चौकी मुलघाटका प्र.स.नि. टंक थापाको नेतृत्वमा टोली खटिएर उद्धार कार्य सम्पन्न गरेको प्रहरीले जनाएको छ । बस हाल घटनास्थलमै रहेको र सडक आवागमन अबरोध नभएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्