धनकुटा l अविरल वर्षाका कारण भेडेटार–रवि–राँके सडकखण्ड अन्तर्गत भेडेटार डाँडाबजार खण्डको थुम्की र लुफाजुङ क्षेत्रमा पहिरो खसेपछि सडक आवागमन अवरुद्ध भएको छ । सडकमा पहिरो खस्दा दुबै तर्फका सवारी साधन रोकिएका छन् ।
अविरल वर्षाले पहिरो पन्छाउने काम हुन सकेको छैन । जोखिमपूर्ण अवस्थाका कारण तत्कालका लागि यात्रा नगर्न साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले अनुरोध गरेका छन् । उनका अनुसार वर्षा रोकिएपछि मात्र पहिरो पन्छाउने काम हुनेछ ।
भेडेटार–रवि–राँके सडक निर्माणाधिन भएकाले गर्दा पटक-पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आइरहेको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्