धनकुटा । अविरल वर्षाको कारण धनकुटा–पाँचथर जोड्ने तमोर–कोरिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । पाँचथरको तुम्वेवा गाउँपालिका–२ र धनकुटाको चौविसे गाउँपालिका–४ सिमानाबाट बग्ने नावाखोलामा पानीको बहाव वढेर वाढी आएपछि तमोर–कोरिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।
बाढीका कारण सडकको केही भाग बगाएर सडक सम्पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएका छन् । अहिले पाँचथर तर्फ तीनवटा र धनकुटा तर्फ चारवटा ट्रक सडकमा रोकिएका छन् । अवरुद्ध सडक पुनः सञ्चालनका लागि डोजर परिचालन गरी मर्मत कार्य सुरु गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । नावा खोलामा पक्की पुल नहुँदा वर्षा हुने वित्तिकै खोलामा पानीको वहाव वढ्ने हुँदा वाढी आएर सडक अवरुद्ध हुने गरेको छ । अहिले पक्की पूल निर्माणधिन् अवस्थामा रहेको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्