धनकुटा । अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डको भेडेटार मुनि कोल्वोटे क्षेत्रमा सडक भास्सिएर पहिरो गएको छ ।
भेडेटार प्रहरी चौकीका प्रहरी नायव निरीक्षक रमेश प्रधानका अनुसार सुमो, माइक्रो जस्ता साना सवारी साधनहरूलाई एकतर्फी रूपमा सञ्चालन गरिएको छ भने ठूला सवारी साधनहरूको आवतजावत रोकिएको छ । उनका अनुसार अहिले पनि सो स्थानमा पहिरो खस्ने क्रम जारी रहेकोले यात्रुहरूलाई अत्यावश्यक नभए उक्त सडक खण्ड प्रयोग नगर्न आग्रह गरिएको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्