images
images
images

नेपाली कांग्रेस धनकुटाको श्रद्धाञ्जली कार्यक्रम

images

धनकुटा । नेपाली कांग्रेस धनकुटाले धनकुटा नगरपालिका वडा नं. १० को डुम्रे सान्ने स्थित याक्सामा कांग्रेसका अभिभावक स्वर्गीय मेहरमान राईको ११ औ पुण्य दिन को अवसरमा श्रद्धाञ्जली कार्यक्रम गरी परिवारजनमा समवेदना पत्र प्रदान गरेको छ । नेपाली कांग्रेस धनकुटा नगरका नेता तथा धनकुटा नगर कार्यसमिति सदस्य देवेन्द्र राई (चाम्लिङ्), थामबहादुर राई, छोरीहरु शन्त कुमारी राई, चन्द्रकला राईको बुबा, वुहारीहरु मैयामाया राई सम्झना राई र चन्द्र कुमारी राई र नाती नातीनीहरुका बाजे १० नम्वर वडाका कांग्रेसका अभिभावक मेहरमान राईको हालै निधन भएकोमा धनकुटा नगरापलिका १० डुम्रेसान्ने स्थित याक्सामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी परिवारजनमा समवेदना पत्र प्रदान गरिएको हो ।

नेपाली कांग्रेस धनकुटा जिल्ला सचिव विजय सन्तोषी राई,प्रदेश सभा क का क्षेत्रिय उपसभापती मिलन कुमार खड्गी, धनकुटा नगर कार्य समितिका कार्यवहाक सभापती अभिषेक कर्माचार्य, १० नम्वर वडाका वडाध्यक्ष कांग्रेस नेता नगेन्द्र पाण्डे, वडा कार्य समिति सभापति अमरराज खनाल,वडा सचिव शुरेस श्रेष्ठ, वडा सदस्यहरु राजेन्द्र राई, बिमला राई, चन्द्रमाया दर्जी लगायतको तर्फबाट कांग्रेसका अभिभावक स्वर्गीय मेहरमान राईको परिवारलाई समवेदना पत्र प्रदान गरिएको थियो ।

images
images

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, नगर कार्य समितिका कार्यवाहक सभापति अभिषेक कर्माचार्य लगायतका नेताहरुले नेपाली कांग्रेस धनकुटा जिल्ला, प्रदेश सभा क्षेत्रीय कार्य समिति, नगर कार्य समिति र वडा कार्य समितिको तर्फबाट धनकुटा नगरपालिका १० नम्वर वडाका कांग्रेसका अभिभावक स्वर्गीय मेहरमान राई प्रति श्रद्धाञ्जली अर्पण गरी परिवारजन प्रति समवेदना व्यक्त गर्दै राईको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको बताएका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्