images
images
images

धनकुटाका वरिष्ठ समाजसेवी तथा कांग्रेसका अभिभावक झपटप्रसाद घिमिरेको ९ औँ पुण्य तिथिमा श्रद्धाञ्जली

images

धनकुटा । धनकुटाका वरिष्ठ समाजसेवी तथा नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य र पार्टीका अभिभावक स्वर्गीय झपटप्रसाद घिमिरेको नवौँ पुण्य तिथिका अवसरमा आज नेपाली कांग्रेस धनकुटाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । ८३ वर्षको उमेरमा निधन भएका स्वर्गीय घिमिरे पूर्वप्रहरी सहायक निरीक्षकसमेत रहेका छन् । उनले विभिन्न सामाजिक संघ–संस्था तथा नेपाली कांग्रेसका विभिन्न तहमा नेतृत्व गर्दै धनकुटाको सामाजिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएका थिए । स्वर्गीय घिमिरेका श्रीमती सीता घिमिरे, छोराहरू बद्री, नारायण, खिरेन्द्र, दधिराम, यादव, राम, लक्ष्मण र पवन गरी आठ जना छोरा, बुहारीहरू रमा, सुमित्रा, प्रतिमा, मञ्जु, नैना, रञ्जु र पूजा घिमिरे तथा नातिनातिनीहरू रहेका छन् ।

श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समिति, प्रदेश सभा क्षेत्रीय कार्य समिति, नगर कार्य समिति र वडा नं ४ कार्य समितिको संयुक्त आयोजनामा परिवारजनलाई समवेदना पत्र प्रदान गरिएको थियो । कार्यक्रममा कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राई, प्रवक्ता खगेन्द्र प्रसाद घिमिरे, जिल्ला सदस्य गोविन्द्र प्रसाद मैनाली, प्रदेश सभा क्षेत्रीय कार्य समिति ‘क’ का उपसभापति मिलन खड्गी, नगर कार्य समितिका कार्यवाहक सभापति अभिषेक कर्माचार्य, क्षेत्रीय प्रतिनिधि सरस्वती श्रेष्ठ र महेश श्रेष्ठ, वडा सभापति हरी प्रसाद तिम्सिना, सचिव थिरबहादुर थापा, सदस्य टंक राना मगर, किसान संघका पूर्व जिल्ला अध्यक्ष इन्द्रबहादुर ढुंगेल, वडा सदस्य खेमप्रसाद बराललगायतले स्वर्गीय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।

images
images

जिल्ला सचिव विजय सन्तोषी राई र वडा सभापति हरिप्रसाद तिम्सिनाले स्वर्गीय झपटप्रसाद घिमिरेको निधनले नेपाली कांग्रेस धनकुटाले अपूरणीय क्षति व्यहोरेको बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्