images
images
images

आगामी कार्तिक २२ गते वाडांमेट कोप्चे फेस्टिवल हुने

images

धनकुटा । मौलिक संस्कृति संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धनकुटा नगरपालिका वडा नं ५ स्थित तल्लो कोप्चेमा आगामी कार्तिक २२ गते शनिवार वाडांमेट कोप्चे फेस्टिवल आयोजना हुने भएको छ ।

धनकुटा नगरपालिकाको आयोजनामा हुने फेस्टिवलमा स्थानीय समुदायको मौलिक खानाका परिकार, स्थानीय रुपमा उत्पादन हुने कृषि तथा हस्तकला सामग्री, परम्परागत पोशाक, भाषिक तथा सांस्कृतिक पहिचान झल्किने कला र संस्कृतिको प्रदर्शन गरिने छ । साथै फोटो प्रदर्शनी, सांगीतिक प्रस्तुति तथा सामुदायिक संवाद (सुकुल संवाद) कार्यक्रम पनि रहने धनकुटा नगरपालिकाका सूचना अधिकारी तथा आर्थिक विकास अधिकृत विकास अधिकारीले बताए ।

images
images

फेस्टिवल दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रम धनकुटा नगरपालिका, अष्ट्रेलियन एड, ICIMOD, UNDP, Community Arts Network, Smart Paani, DIGO BIKAS Institute लगायत विभिन्न संस्थाको सहकार्यमा आयोजना गरिएको हो ।
फेस्टिभलको दिन तल्लो कोप्चे क्षेत्रभित्र सवारी साधनको आवागमन नियन्त्रण गरिने आयोजकले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्