धनकुटा । पाख्रीबास नगरपालिका–१० चुङबाङस्थित जंगल क्षेत्रबाट प्रहरीको गस्ती टोलीले बेबारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक फेला पारेको छ ।
प्रहरी चौकी हिलेबाट खटिएको प्रनानी चिरन्जिवि खड्काको नेतृत्वमा गएको Short Range Patrol (SRP) टोलीले सोमबार दिउँसो करिब ३ बजेतिर झाडीभित्र लुकाइ राखिएको अवस्थामा सो भरुवा बन्दुक बरामद गरेको हो । बन्दुकसहित अन्य बारुद तथा गोली भने फेला नपरेको प्रहरीले जनाएको छ। बरामद गरिएको बन्दुकलाई प्रहरी चौकी हिलेमा ल्याई आवश्यक अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्