धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान सरकारले निर्वाचनभन्दा पनि संविधान खारेज गर्ने दिशामा कदम चालिरहेको आरोप लगाएका छन् । लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रतिनिधि सभा पुनस्र्थापनाका लागि नेकपा एमाले धनकुटाले आयोजना गरेको बृहत जनप्रदर्शन तथा आमसभामा उनले सरकार राष्ट्रलाई असफल बनाउने गतिविधिमा लागेको दाबी गरे ।
गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने स्पष्ट गर्दै उनले निष्पक्ष आयोग बने एमाले सहयोग गर्न तयार रहेको जनाए । कार्यक्रममा एमाले कार्यकर्ताले सरकारप्रतिको असन्तुष्टि, संविधान तथा लोकतान्त्रिक मूल्यमा देखिएको चुनौतीबारे आवाज उठाएका थिए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा इन्चार्ज पूर्वमन्त्री राजेन्द्रकुमार राई, एमाले प्रवेश गरेका अर्जुन राई सहितका नेताहरूले मन्तव्य राखेका थिए । जिल्ला अध्यक्ष शिव आङ्लाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव पर्शुराम नेपालले गरेका थिए ।
सभा सुरु हुनु पूर्व धनकुटा बसपार्कबाट मदनचोक, सिरान बजार, कोप्चे हुँदै पुनः बसपार्कसम्म ¥याली निकालिएको थियो। ¥यालीमा नेकपा एमालेका नेता–कार्यकर्ता सहित हजारौंको संख्यामा उपस्थिति रहेको थियो ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्