images
images
images

आगामी मंसिर २५ गते हर्क साम्पाङ धनकुटा आउने, बृहत् जनप्रदर्शनको तयारी तीव्र

images

धनकुटा । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आगामी मंसिर २५ गते धनकुटामा बृहत् जनप्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका जिल्ला तदर्थ समितिका अध्यक्ष आकाश राईको अध्यक्षतामा सोमबार नेपाल पत्रकार महासंघ धनकुटा शाखाकाे सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका संस्थापक अध्यक्ष हर्क साम्पाङ स्वयं उपस्थित हुने र जनप्रदर्शनलाई सम्बोधन गर्ने तयारी भएको जानकारी गराइएको थियो । कार्यक्रमअनुसार जनप्रदर्शन धनकुटा बसपार्कबाट सुरु भई तल्लो टुडिखेलमा आमसभामा परिणत हुनेछ। आमसभा पछि पार्टी प्रवेश कार्यक्रमसमेत सञ्चालन गरिने केन्द्रीय सदस्य सानबहादुर राईले बताए ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्