धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं ६ मालबसेस्थित कोशी लोकमार्गमा अरुण तेस्रो जलविद्युत् आयोजनाको सामग्री बोकेको को १ ख ७४४८ नम्बरको ट्रक करिब १५० मिटर तल खस्दा चालक घाइते भएका छन्। विराटनगरबाट संखुवासभाको शितलपाटी तर्फ गइरहेको ट्रक शुक्रबार राति १२:१५ बजे अनियन्त्रित भइ सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
दुर्घटनामा धनकुटा साँगुरीगढी–१ का २७ वर्षीय चालक आशिष लिम्बु घाइते भएका छन् । उनको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरान पठाइएको छ । दुर्घटनापछि सडकको एकतर्फी अवरुद्ध भएको छ । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।



हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्