images
images
images

धनकुटामा कांग्रेसद्वारा राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस (नामावलीसहित)

images

धनकुटा । नेपाली कांग्रेस धनकुटाको मंगलवार सम्पन्न बैठकले आगामी राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि जिल्ला संगठनबाट विभिन्न पदका उम्मेदवार नाम सिफारिस गरेको छ ।

जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सभातर्फ अन्य समूहबाट सुनिलबहादुर थापा, आनन्द सन्तोषी राई, अजित नारायण सिंह थापा, लोकेन्द्र श्रेष्ठ र शिवकुमार राईको नाम सिफारिस गरेको छ ।

images
images

त्यस्तै, महिलातर्फ लिला सुब्बा र अञ्जना ताम्ली तथा दलिततर्फ रविन्द्र नेपाली, अम्विका परियार र इन्दु दर्नालको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधि सभा (प्रत्यक्ष) धनकुटातर्फ महामन्त्री गगनकुमार थापा, जिल्ला सभापति दिनेश राई, पूर्वसभापति हरीकुमार राई र मनोहर नारायण श्रेष्ठलाई सिफारिस गरिएको जिल्ला कांग्रेसले जनाएको छ । समानुपातिक तर्फका लागि कमोट कुमार फागो, टिका भण्डारी, सिता प्रधान, अम्विका धमला, करुणा कटुवाल, उदयबहादुर लिम्बु, मिना राई, रामजी कोगरेन, चन्द्र यांखा र मिनबहादुर कार्की लगायतका नेताहरुलाई सिफारिस गरिएको छ । बैठकमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि धनकुटाका ६० वटै वडामा अभियान सञ्चालन गर्ने निर्णय पनि गरिएको छ । साथै पार्टीको १५औँ अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरिएको कांग्रेस धनकुटाले जनाएको छ ।

बैठकमा जिल्ला सचिव विजय सन्तोषी राई र जयन्द्र घिसिंगले एजेण्डा तथा हालसम्मका पार्टी गतिविधि प्रस्तुति गरेका थिए । क्रियाशील सदस्यता वितरणबारे जिल्ला सचिव विजय सन्तोषी राईले थप जानकारी प्रदान गरेका थिए ।

बैठकमा उपसभापति निर्मल ओझा, संविधान सभा सदस्य लिला सुब्बा, सहसचिव गिरिजाप्रसाद दाहाल, जिल्ला सदस्य कमोट कुमार फागो, पाख्रिवास नगरपालिका मेयर ज्ञानबहादुर गुरुङ, अम्विका धमला, मिन कार्की, चन्द्र यांखा, महासमिति सदस्य सिता प्रधान, महाधिवेशन प्रतिनिधि करुणा कटुवाल, क्षेत्रीय सभापति जितेन्द्र राई, महालक्ष्मी नगरपालिका मेयर ध्रुवराज राया, नेता टिकादेवी भण्डारी, क्षेत्रीय उपसभापति चन्द्र लिम्बु, धनकुटा नगर कार्य समितिका सभापति अभिषेक कर्माचार्य, पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी, साँगुरीगढी गाउँपालिका कार्य समितिका सभापति नेपालधन राई, सहिदभूमी गाउपालिका कार्य समितिका सभापती टंक राई, नेता दामोदर सुवेदी, हरि दियाली लगायतका नेताहरूले आ–आफ्नो धारणा राखेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्