images
images
images

धनकुटामा मानवअधिकार उल्लंघनका घटना घटे

images

धनकुटा । धनकुटामा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा गत वर्षको तुलनामा कमी आएको इन्सेक धनकुटाले जनाएको छ। नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२६ प्रकाशनपूर्व गरिएको वार्षिक समीक्षा कार्यक्रममा इन्सेकले सन् २०२५ मा कुल ७१ ओटा घटना अभिलेख गरेको सार्वजनिक गरेको हो ।

इन्सेक धनकुटाका प्रतिनिधि ईश्वर थापाका अनुसार अभिलेख गरिएका घटनामध्ये बालअधिकार विरुद्धका ७, हत्या १, कुटपिट १ र महिलाविरुद्ध हिंसाका ६२ घटना रहेका छन्। गत वर्ष यो संख्या ९९ रहेकोमा यस वर्ष २८ ले घटेको इन्सेकको प्रतिवेदनले जनाएको छ।

images
images

७७ औँ विश्व मानव अधिकार दिवसको अवसरमा आयोजित पूर्व–समीक्षा कार्यक्रमसँगै धनकुटाको मानवअधिकार अवस्थामाथि अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा नागरिक समाजको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्दै गैसस महासंघ धनकुटाका अध्यक्ष मिनप्रसाद सुवेदीले मानवअधिकार संरक्षणमा संयुक्त प्रयास आवश्यक रहेको बताए ।

यस्तै, नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख फूलमाया तामाङले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका गतिविधिबारे जानकारी गराइन्। कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिकाकी उपप्रमुख भीमा खनाललगायतको उपस्थिति र मन्तव्य रहेको थियो ।

कार्यक्रमको संचालन हुसाडेक नेपालका अध्यक्ष सरोज भूजेल र स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव हरिबहादुर लम्जेलले राखेका थिए ।  कार्यक्रममा विभिन्न संघ–संस्था, पत्रकार, मानवअधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्