धनकुटा । धनकुटा नगरपालिका–८ सान्ताङका वडा सदस्य चौतिसलाल राईले दुबै मृगौला फेल भएपछि नियमित उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् । ४९ वर्षीय राईले महिनामा ८ पटक धनकुटा अस्पतालमा डाइलाइसिस गराउँदै आएका छन् । पछिल्लो १० महिनामा मात्र करिब १५ लाख रुपैयाँ खर्च भइसकेको र थप उपचारमा ठूलो वित्तीय चुनौती आएपछि आफूसँग विकल्प नभएर सहयोग माग्नुपरेको उनले बताए ।
राईका ३ सन्तानमध्ये २ छोरीको विवाह भइसकेको छ भने १० कक्षामा अध्ययनरत एक मात्र छोराका साथै परिवारमा स्थायी आम्दानी गर्ने कोही नभएकाले औषधि र डाइलाइसिस खर्च धान्न कठिन भएको उनको भनाइ छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्य निर्वाचित राईले निर्वाचित जनप्रतिनिधि हुँदाहुँदै पनि नगरपालिकाबाट उपचारमा कुनै सहयोग नपाएको गुनासो गरे । आफूले धेरैपटक अनुरोध गरे पनि सहयोग नपाएको उनले बताए । उपचारका लागि आवश्यक रकम जुटाउन उनले सबै पक्षसँग सहानुभूति र सहयोगको अपिल गरेका छन् ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्