धनकुटा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन धनकुटा जिल्लाका लागि पूर्ण एकताको महाधिवेशनको रूपमा सम्पन्न गर्नुपर्नेमा कांग्रेसजनहरूले जोड दिएका छन् । पाख्रिवासमा नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिद्वारा शनिवार आयोजित वृहत् भेलामा सहभागी नेताहरूले १५औँ महाधिवेशनलाई एकता, पुस्तान्तरण र रूपान्तरणको महाधिवेशन बनाइनुपर्ने बताएका हुन् ।
नेपाली कांग्रेस धनकुटाका पूर्वसभापतिद्वय हरिकुमार राई र अग्निप्रसाद पौडेलले १५ औँ महाधिवेशनले पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको नयाँ दिशानिर्देश गर्ने विश्वास व्यक्त गरे । त्यसैगरी नेपाली कांग्रेस धनकुटाका उपसभापति निर्मलप्रसाद ओझा तथा जिल्ला सचिवहरू विजय सन्तोषी राई र जयन्द्र घिसिङले वडा तहदेखि केन्द्रसम्म पार्टीका अभिभावक नेताहरूलाई सम्मान गर्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउने महाधिवेशन हुने बताए ।
कार्यक्रममा पूर्व प्रदेश राज्यमन्त्री इन्दिरा थापा तथा पाख्रिवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङले पाख्रिवास नगरपालिकालाई समृद्ध बनाउन विभिन्न विकास अभियान सञ्चालन भइरहेको जानकारी गराए ।
नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सभापति प्रेम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सहसचिव गिरिजाप्रसाद दाहाल, महासमिति सदस्य सुमना तिम्सिना, जिल्ला सदस्यहरू अम्बिका धमला, डी.बी. मोक्तान, गजम घिसिङ, पूर्व महासमिति सदस्य शरणकुमार राईलगायतले आफ्ना धारणा राखेका थिए ।
त्यस्तै वडा सभापतिहरू १ नम्बर वडाका सभापति कुलबहादुर थापा, वडा अध्यक्ष भोगेन्द्र पाण्डे, ३ नम्बर वडाका सभापति चन्द्र लिम्बु, ४ नम्बर वडाका सभापति श्यामप्रकाश राई, वडा अध्यक्ष सन्तोष मानन्धर, ५ नम्बर वडाका वडा अध्यक्ष महेश राई, ६ नम्बर वडाका सभापति लोचनराज गिरी, वडा अध्यक्ष देवेन्द्र गुरागाईं, ७ नम्बर वडाका सभापति पूर्णबहादुर राई, ८ नम्बर वडाका सभापति गणेश राई, १० नम्बर वडाका सभापति समरबहादुर निरौला, नेपाली कांग्रेस पाख्रिवासका नेताहरू निरज गुरुङ, विश्वास पुलामी, निशा खड्का, रमेश पाण्डे, पदम महत, युवराज पराजुली, कृष्ण गोविन्द अधिकारीलगायतले आ–आफ्ना धारणा राखेका थिए ।
भेलामा सहभागी सम्पूर्ण कांग्रेसजनहरूले १५औँ महाधिवेशनलाई धनकुटा कांग्रेसका लागि पूर्ण एकताको महाधिवेशन बनाउँदै जिल्ला देखि वडा तहसम्म सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य पाख्रिवास नगर कार्य समितिका उपसभापति चन्द्र बस्नेतले राखेका थिए भने कार्यक्रमको सञ्चालन नगर कार्य समितिका सचिव वीरबहादुर थापाले गरेका थिए ।




हुलाकी पाटी 
















प्रतिक्रिया दिनुहोस्