धनकुटा । खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता भन्ने उद्देश्यका साथ स्थानीय तहसँगको सहकार्यमा स्ट्रिट फुडको स्वच्छता, खाद्य पदार्थमा प्रयोग हुने रंग तथा खाद्यसँग प्रत्यक्ष सम्पर्कमा आउने कागजको प्रयोगसम्बन्धी सचेतना कार्यक्रम छथरजोरपाटी गाउँपालिकामा सोमवार सम्पन्न भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धनकुटाको आयोजनामा छथरजोरपाटी गाउँपालिका तथा सिँधुवा होटल व्यवसायी संघको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा छथरजोरपाटी गाउँपालिकाभित्र रहेका विद्यालयका क्यान्टिन सञ्चालक, खाजा घर, मिठाइ पसल तथा होटल व्यवसायीहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई सुरक्षित तथा स्वच्छ खाद्य पदार्थको उत्पादन र बिक्री वितरणका विषयमा जानकारी गराइएको आयोजकले जनाएको छ।





हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्