images
images
images

पर्यटकीय स्थल भेडेटारमा आगामी पुस १६ देखि फुडफेस्टिभल हुँदै

images

हिराराज राई 

धनकुटा l अंग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसर पारेर पूर्वको चर्चित पर्यटकीय स्थल भेडेटारमा  फुड फेस्टिभलकाे आयोजना गरिने भएको छ । आयोजक होटल एशोसिएसन भेडेटारले पत्रकार सम्मेलनको आयोजना गरी आगामी पौष १६ देखि १८ गतेसम्म फेस्टिवलको आयोजना हुन लागेकाे जानकारी दिएको हो ।

images
images

महोत्सवमा विभिन्न जातीय तथा अर्गानिक खानाका परिकारहरुको स्टल राखिने छ । साथै खाद्यान्न, नगदे बाली तथा औद्योगिक बाली, फलफूल, तरकारी, आलु र स्थानीय कृषि उत्पादनका स्टलहरू पनि रहने आयोजक होटल एशाेसिएशन भेडेटारका अध्यक्ष तुमराज लिम्वूले वताए ।  आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले बताए ।

फुडफेस्टिभलसँगै साँगुरीगढी गाउँपालिकाले कृषि मेला प्रदर्शनीको आयोजना गर्दैछ । गाउँपालिकाकाे विभिन्न वडामा उत्पादन हुने कृषिजन्य उत्पादनलाई बजारीकरण गर्दै कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । उनका अनुसार कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुलाई मूल्याङ्कन गर्दै नगद सहित पुरस्कृत गरिने छ ।

महोत्सव अवधिभर भेडेटारका धार्मिक तथा पर्यटकीय स्थलहरूमा पर्यटकलाई पुर्याउने व्यवस्था गरिनेछ। भेडेटारमा तराईका विभिन्न जिल्लासहित छिमेकी देश भारतबाट समेत ठूलो संख्यामा पर्यटक आउने गरेका छन् । फेस्टिभलमार्फत करिब २ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने र ५० देखि ६० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ। भेडेटार क्षेत्रमा स्काई वाक, सैलुङडाँडा (चार्ल्स भ्यू टावर), पाथिभरा देवी मन्दिर, शंखेश्वर मन्दिर, थाकल डाँडा, आत्मा घर, जनजाति पार्क थुम्की, सिम्सुवा झरना, साँगुरीगढी, होमस्टे, ओख्रे भू–टावर, ध्वजे डाँडा लगायतका प्रमुख पर्यटकीय गन्तव्यहरू रहेका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्