images
images
images

धनकुटामा नेपाली कम्युनिस्ट पार्टीको जिल्लास्तरीय एकता सन्देश सभा हुँदै

images

धनकुटा । नेपाली कम्युनिस्ट पार्टी धनकुटाले जिल्लास्तरीय पार्टी एकता सन्देश सभाको तयारी गरेको छ। सो पार्टीले आउँदो पुस १३ गते जिल्लास्तरीय एकता सन्देश सभा गर्ने गरी तयारी सुरु गरेको हो ।

नेपाली कम्युनिस्ट पार्टीले सदरमुकामस्थित नेपाल पत्रकार महासंघको हलमा बुधबार पत्रकार भेटघाट कार्यक्रम गर्दै एकता सन्देश सभाबारे जानकारी गराएको हो । केन्द्रीय नेताको उपस्थितिमा पार्टी एकता सन्देश सभा गर्न लागेको नेकपाले जनाएको छ । नेकपाका नेता कुशुम कुमारी श्रेष्ठ र गोपाल बराइली हस्ताक्षरित ‘प्रेस नोट’ अनुसार नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता तथा पूर्वमन्त्री भीम रावल हरिबोल गजुरेल, कोशी प्रदेशका नेताहरुको उपस्थितिमा एकता सन्देश सभा गर्न लागिएको हो।

images
images

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका दलहरुको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले सातवटै प्रदेशमा एकता सन्देश सभा आयोजना गरिसकेको छ। पुस १३ गते जिल्लास्तरीय एकता सन्देश सभा सकेर क्रमश पालिकास्तरीय एकता सन्देश सभा गर्ने तयारी गरिएको नेकपाका केन्द्रीय सदस्य धर्मराज पौडेलले जानकारी दिए। पुस १३ गते हुने एकता भेलामा धनकुटा बसपार्कमा भेला भएर प्रदर्शन सहित सामुदायिक भवनमा एकता सभाको कार्यक्रम गर्ने पौडेलले बताए।

images
images

प्रतिक्रिया दिनुहोस्