धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा समानुपातिकतर्फ पनि नेकपा एमाले पहिलो स्थानमा रहेको छ । प्रत्यक्षतर्फ जित हात पारेको एमालेले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत प्राप्त गरेको हो ।
अन्तिम मतपरिणाम अनुसार एमालेले १६ हजार ५६७ मत प्राप्त गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १४ हजार ६७९ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेको छ । श्रम संस्कृति पार्टी ले १३ हजार ९९० मत ल्याउँदै तेस्रो स्थानमा रहँदा नेपाली कांग्रेसले ८ हजार ६५१ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित भएको छ ।
एक हजारभन्दा बढी मत ल्याउने दल
समानुपातिकतर्फ अन्य केही दलले पनि एक हजारभन्दा बढी मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी ले १ हजार ६३४, राष्ट्रिय प्रजातन्त्र पार्टी ले १ हजार २०५ र जनता समाजवादी पार्टी नेपाल ले १ हजार ३६ मत प्राप्त गरेका छन् ।
पाँच सयभन्दा बढी मत ल्याउने दल
राष्ट्रिय परिवर्तन पार्टी ले ५२४ मत प्राप्त गरेको छ ।
एक सयभन्दा बढी मत ल्याउने दल
एक सयभन्दा बढी मत ल्याउने दलहरूमा नेपाल संघीय समाजवादी, बहुजन पार्टी नेपाल र नेपाल जनजागृति पार्टी ले ४८७, राष्ट्रिय जनमुक्ति पार्टीले २८३, राष्ट्रिय गौरव पार्टी ले २४४, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल ले २०४, सार्वभौम नागरिक पार्टी ले १५५, मंगोल नेशनल अर्गनाइजेशन ले १४३, नेपाल जनता संरक्षण पार्टीले १३६, नेपाल लोकतान्त्रिक पार्टी ले १२९, प्रगतिशील लोकतान्त्रिक पार्टी ले १२८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ले १११ मत प्राप्त गरेका छन् ।
एक सयभन्दा कम मत ल्याउने दल
यसैगरी जनमत पार्टी ले ९२, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल ले ६९, जनअधिकार पार्टीले ६८, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले ६३, संयुक्त नागरिक पार्टीले ५६, नेपाल सद्भावना पार्टीले ५४, प्रजातान्त्रिक पार्टी नेपालले ४८ मत प्राप्त गरेका छन् ।
त्यस्तै आम जनता पार्टी र जनादेश पार्टी नेपाल ले ४७, नेपालका लागि नेपाली पार्टीले ४४, पिपुल फर्स्ट पार्टीले ३५, राष्ट्रिय एकता दलले ३३, नेपाल जनता पार्टीले ३१, नेपाली जनश्रमदान संस्कृति पार्टीले ३०, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २६, नेपाल मजदुर किसान पार्टीले २०, समावेशी जनता समाजवादी पार्टीले २०, राष्ट्रिय जनता पार्टी नेपाल ले १९, जय मातृभूमि पार्टी र बहुजन शक्ति पार्टी ले १७–१७, नागरिक शक्ति नेपाल ले १६, नेपाल जनमुक्ति पार्टीले १५, नेपाल मातृभूमि पार्टी, नेपाली जनता दल र समावेशी समाजवादी पार्टी नेपाल ले १४–१४, जनता लोकतान्त्रिक पार्टी नेपाल र राष्ट्रिय उर्जाशील पार्टी नेपाल ले १२–१२, स्वाभिमान पार्टी र गतिशील लोकतान्त्रिक पार्टी ले ११–११, नेपाली कांग्रेस (बीपी), सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपाल ले १०–१० मत प्राप्त गरेका छन् ।
दश भन्दा कम मत ल्याउने दल
यसैगरी जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी संयुक्त र राष्ट्रिय जनमोर्चा ले ९–९, नेशनल रिपब्लिक नेपाल र राष्ट्र निर्माण दल नेपाल ले ८–८, उन्नत लोकतन्त्र पार्टी ले ५, मितेरी पार्टी नेपाल र त्रिमूल नेपाल ले २–२ मत प्राप्त गरेका छन् ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्