images
images
images

साँगुरीगढीको तातोपानीमा ‘दोस्रो सृजनशील कप’ वैशाख १३ देखि हुँदै

images

धनकुटा । साँगुरीगढी गाउँपालिका–८ तातोपानीस्थित सृजनशील युवा क्लबको आयोजनामा ‘दोस्रो सृजनशील कप २०८३’ खुला पुरुष फुटबल प्रतियोगिता वैशाख १३ देखि १८ गतेसम्म सञ्चालन हुने भएको छ।  वैशाख पूर्णिमाको अवसर पारेर आयोजना हुने प्रतियोगिता सृजनशील खेलमैदानमा सञ्चालन हुनेछ। विजेताले ७५ हजार ८३ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले ४५ हजार ८३ रुपैयाँसहित ट्रफी र मेडल हात पार्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कार प्रदान गरिनेछ। सहभागी टिमका लागि प्रवेश शुल्क ५ हजार ८३ रुपैयाँ तोकिएको छ भने टिम दर्ताको अन्तिम मिति वैशाख ३ गतेसम्म रहेको छ । प्रतियोगिताका खेलहरू ‘मेरो गन्तव्य’ फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्