images
images
images

साँगुरीगढी फुटवल क्लवलाई पाँचौँ संस्करणको खुवाफोक गोल्डकपको उपाधी

images

धनकुटा । पाँचौँ संस्करणको खुवाफोक गोल्डकपको उपाधी साँगुरीगढी फुटवल क्लवले जितेको छ । साँगुरीगढी गाउँपालिका वडा नं ३  खुवाफोकस्थित पिङबुङ खेल मैदानमा आइतवार सम्पन्न फाइनल खेलमा इटहरी फुटवल क्लवलाई ३-० गोलअन्तरले पराजित गर्दै साँगुरीगढी फुटवल क्लवले उपाधी जितेको हो । उपाधीसँगै साँगुरीगढीले नगद १ लाख २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छभने उपविजेता  इटहरी फुटवल क्लवले नगद ८० हजार रुपैया र ट्रफीमा चित्त वुझाएको छ ।

प्रतियोगिता खुवाफोक खेलकुद विकास समितिको आयोजना तथा खुवाफोक युनाइटेड फुटबल क्लबको व्यवस्थापनमा सञ्चालन भएको थियो । गतजेठ १४ गतेदेखि सुरु भएको प्रतियोगिताको मिडिया पार्टनर हुलाकीपाटी डटकम, मेरो गन्तव्य फेसबुक पेज र कुशल न्यूज रहेका छन् भने इन्टरनेट पार्टनर माउन्ट लिंक प्रालि रहेको थियो । विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले पुरस्कार वितरण गरेका थिए ।

images
images

images
images
पाँचौँ संस्करणको खुवाफोक गोल्डकप

प्रतिक्रिया दिनुहोस्