images
images
images

राम बाजीको दुई गोलको मद्दतमा केराबारी गाउँपालिका चौथो सुन्दरहरैँचा मेयर गोल्डकपको फाइनलमा

images

मोरङ । चौथो सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा केराबारी गाउँपालिकाले बेलबारी नगरपालिकालाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

शुक्रबारे सुन्दरहरैँचा नगरपालिका–१२ स्थित शुक्रबारे खेलमैदानमा सम्पन्न खेलमा बेलवारी नगरपालिकालाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै केरावारी फाइनलमा पुगेको हो । केरावारीको जितमा राम वाजीले दुई गोल गरे । खेलको दोस्रो मिनेटमै बेलबारी नगरपालिकाले पेनाल्टीको अवसर पाएको थियो । निमा तामाङलाई केराबारीका सुजन रसाइलीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्री विक्रम कार्कीले पेनाल्टी दिएका थिए । तर बेलबारीका कप्तान विवेक पौडेलको प्रहार क्रसबारमा लागेर फर्किएपछि सुरुआतमै अग्रता लिने अवसर बेलबारीले गुमायो ।

images
images

पहिलो हाफमा केराबारीका सुजन  मगरले वान-भर्सेस-वानको अवस्थामा गोल गर्ने राम्रो अवसर पाए पनि बेलबारीका गोलरक्षक मुस्कान लिम्बुले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा राखेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ३२औँ मिनेटमा सुजन मगरको पासमा राम बाजीले आकर्षक फिनिस गर्दै केराबारीलाई १–० को अग्रता दिलाए । त्यसपछि खेल तनावपूर्ण बनेको थियो । केराबारीका डिफेन्डर सुजन रसाइली र बेलबारीका डिफेन्डर सन्देश राईबीच सामान्य विवाद भएपछि दुवै खेलाडीले रातो कार्ड खाँदै मैदान छाडेका थिए । १०-१० खेलाडीमा सीमित बनेको अवस्थामा केराबारीले थपिएको समयमा अर्को गोल थप्यो । इन्जुरी समयको दुई औँ मिनेटमा राम वाजीको प्रहार गोलरक्षक मुस्कान लिम्बूलाई नाघ्दै जाली चुमेपछि केराबारीले २–० को अग्रता बनाएको थियो ।

त्यसपछि थप गोल हुन नसक्दा केराबारी गाउँपालिकाले बेलबारी नगरपालिकामाथि २–० को जित निकाल्दै प्रतियोगिताको फाइनल यात्रा तय गर्यो । अब दोस्रो सेमिफाइनलमा इटहरी उपमहानगरपालिका र बेलका नगरपालिका भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल आइतबार हुने आयोजकले जनाएको छ । खेलको प्लेयर अफ द म्याच केराबारीका राम वाजी घोषित भए । उनले टोलीका दुवै गोल गर्दै जितमा निर्णायक भूमिका निर्वाह गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्