images
images
images

धनकुटा औद्योगिक ग्राम सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठको पदभार ग्रहण

images

धनकुटा । धनकुटा औद्योगिक ग्राम सञ्चालक समितिको अध्यक्षमा नियुक्त हुनुभएका राजेश्वरबहादुर श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।  धनकुटा नगरपालिका वडा नं ६ स्थित धनकुटा औद्योगिक ग्राममा विहिवार आयोजित एक कार्यक्रमबीच उहाँले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्  । पदभार ग्रहण कार्यक्रममा धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका वरिष्ठ उद्योग अधिकृत मेघराज बस्नेत, धनकुटा नगरपालिका वडा नं ६ का वडाध्यक्ष मिलनकुमार खड्गी, व्यवसायी श्रीराम रायमाझी, विपिन दाहाललगायतले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले केही दिनअघि श्रेष्ठलाई धनकुटा औद्योगिक ग्राम सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको थियो । उनकाे कार्यकाल दुई वर्षको रहने जनाइएको छ। पदभार ग्रहणपछि बोल्दै अध्यक्ष श्रेष्ठले औद्योगिक ग्रामभित्र सञ्चालनमा रहेका उद्योगहरूलाई पूर्ण क्षमताका साथ सञ्चालन गर्न पहल गर्ने बताए । साथै स्थानीय उत्पादनको बजार प्रवर्द्धन, उद्योगी–व्यवसायीको समस्या समाधान तथा औद्योगिक ग्रामलाई आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उनकाे भनाई छ ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्