images
images
images

लेटाङलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटहरी सेमिफाइनलमा

images

मोरङ । चौथो सुन्दरहरैचा मेयर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न क्वाटरफाइनल खेलमा इटहरी उपमहानगरपालिकाले लेटाङ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा इटहरी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलअविधभर उत्कृष्ट प्रदर्शन गरेका इटहरीका निवास फुयाल ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत विहिवार हुने पहिलो सेमिफाइनल खेलमा केराबारी गाउँपालिका र बेलबारी नगरपालिका वीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी हात पार्ने आयोजकले जनाएको छ ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्