images
images
images

भेडेटारमा नयाँ वर्षको अवसरमा ‘म्युजिकल नाइट २०८३’ आयोजना हुने

images

धनकुटा । पूर्वको चर्चित पर्यटकीय गन्तव्य भेडेटारमा नयाँ वर्ष २०८३ को अवसर पारेर विशेष सांगीतिक कार्यक्रम ‘म्युजिकल नाइट २०८३’ आयोजना हुने भएको छ । न्यू पाथिभरा क्लब भेडेटारको आयोजनामा हुने उक्त कार्यक्रम वैशाख १ गते भव्य रूपमा सम्पन्न गरिने आयोजक संस्थाका सदस्य दिपेन सुहाङले बताए ।

“बदलिँदो सोच र विकास, सिर्जनात्मक युवा र विकास” भन्ने नारासहित आयोजना गर्न लागिएको कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ । कार्यक्रममा चर्चित गायिका त्रिजा प्रधान र दिपा सुहाङले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् । त्यस्तै ज्योति एण्ड द फ्लेम्स, लगायतका ब्यान्डहरूको पनि प्रस्तुति रहने र कार्यक्रमलाई अझ आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

images
images

कार्यक्रममा सांगीतिक प्रस्तुतिसँगै १ लाख पुरस्कार राशीको हाउजी, नृत्य, मनोरञ्जनात्मक खेल तथा विविध सांस्कृतिक गतिविधिहरू पनि समावेश गरिने आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन सञ्जु राईले गर्नेछिन् ।  साथै, स्थानीय स्तरका विभिन्न संघ–संस्था, व्यवसायी तथा क्लबहरूको सहकार्य रहने जनाइएको छ ।

भेडेटार क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नुका साथै आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । नयाँ वर्षको अवसरमा आयोजना हुने यस कार्यक्रमले भेडेटारमा आन्तरिक पर्यटकको चहलपहल बढाउने विश्वास गरिएको छ ।

सहआयोजकको रुपमा होटल एशोसिएशन भेडेटार, आमा समूह भेडेटार, पाथिभरा मन्दिर व्यवस्थापन समिति, भेडेटार, नेस्ट भेडेटार, लायन्स क्लव अफ भेडेटार युनिटी, नागरिक समाज भेडेटार, बजार व्यवस्थापन समिति, भेडेटार, सहयोगी संस्थाको रुपमा स्काई वाक भेडेटार, सिताज मार्ट, होटल लाली वसाहा, जरुवा पानी, भेडेटार स्प्रीङ वाटर, शुभ प्रभात बोर्डिङ स्कुल, लिङ्गवारी भेडेटार छन् ।   मुख्य सहयोगी संस्था साँगुरीगढी गाउँपालिका, मुख्य प्रायोजक Tuborg, सह-प्रायोजकहरू Xtreme Energy Drink, Big Master, N.S. Cold Center, Bhedetar, साउण्ड सिस्टम Sundar Sound Service.

images
images

प्रतिक्रिया दिनुहोस्