images
images
images

मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा, धनकुटाका व्यवसायीद्वारा निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

images

धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाले इन्धन तथा निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण क्षेत्रमा गम्भीर संकटमा परेको भन्दै ‘निर्माण उद्योगमा आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

संघद्वारा जारि प्रेस विज्ञप्तिमा पछिल्लो समय डिजेल, पेट्रोल, मट्टीतेल लगायत इन्धन पदार्थसँगै सिमेन्ट, डन्डी, बिटुमिनजस्ता निर्माण सामग्रीको मूल्य निरन्तर बढ्दै गएको उल्लेख गरिएको छ । यसले निर्माण व्यवसायीहरू थप मारमा परेको र धेरै आयोजनाहरू प्रभावित भएको नेपाल निर्माण व्यवसायी संघ धनकुटाका अध्यक्षा संघका अध्यक्ष प्रकाशकुमार राई (थुलुङ)ले बताए ।

images
images

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धि तथा नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिका कारण पनि निर्माण सामग्री महँगिँदै गएको छ मूल्यवृद्धिका कारण निर्माण कार्य प्रभावित भई समयमै काम सम्पन्न गर्न कठिनाइ भइरहेको जनाइएको छ।

यस्तै, संघले मूल्य समायोजन गर्न सक्ने स्पष्ट कानुनी व्यवस्था नभएकोले व्यवसायीहरू थप समस्यामा परेको उल्लेख गर्दै तत्काल ‘मूल्य समायोजन निर्देशिका’ जारी गर्न सरकारसँग माग गरेको छ। साथै, निर्माण व्यवसायीहरूलाई राहत दिन र उनीहरूको समस्या समाधान गर्न आवश्यक पहल गर्न पनि आग्रह गरिएको छ।  संघका अध्यक्ष प्रकाश कुमार राई ले वर्तमान परिस्थितिमा निर्माण क्षेत्रलाई जोगाउन राज्यले शीघ्र हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।

नेपाल निर्माण व्यवसायी संघ धनकुटाद्वारा जारी विज्ञप्ति 

images
images

प्रतिक्रिया दिनुहोस्