images
images
images

जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालय बीच हुलाकमार्फत राहदानी वितरणको समझदारी

images

धनकुटा । राहदानी (पासपोर्ट) वितरण प्रक्रियालाई सहज र सेवाग्राहीमैत्री बनाउन नेपाल सरकारको नीतिअनुसार धनकुटामा हुलाकमार्फत राहदानी बुझाउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय वीच समझदारी भएको छ । उक्त समझदारी पछि सेवाग्राहीले राहदानी कार्यालयमै उपस्थित नभई हुलाकमार्फत सुरक्षित रूपमा प्राप्त गर्न सक्ने धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए ।

समझदारी पत्रमा राहदानी वितरण प्रक्रियालाई थप व्यवस्थित, सहज र विश्वसनीय बनाउने उद्देश्य राखिएको छ । यसबाट सेवाग्राहीको समय बचत हुनुका साथै कार्यालयको भीडसमेत कम हुने अपेक्षा गरिएको छ । समझदारीअनुसार पहिलो पक्ष (जिल्ला प्रशासन कार्यालय) ले राहदानी आवेदन स्वीकृत भएपछि आवश्यक विवरण संकलन गरी सुरक्षित रूपमा हुलाक कार्यालयलाई हस्तान्तरण गर्नेछ । दोस्रो पक्ष (हुलाक कार्यालय) ले प्राप्त राहदानी सेवाग्राहीसम्म सुरक्षित ढुवानी तथा वितरण गर्ने जिम्मेवारी लिनेछ ।  यस्तै, वितरण प्रक्रियामा कुनै समस्या आएमा सम्बन्धित निकायबीच समन्वय गरी समाधान गर्ने व्यवस्था समेत गरिएको छ ।

images
images

हुलाक सेवाबाट राहदानी प्राप्त गर्दा लाग्ने शुल्क भने प्रचलित कानुनअनुसार निर्धारण गरिने जनाइएको छ । समझदारी पत्रमा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मी र हुलाक अधिकृत रामकुमार श्रेष्ठ बीच हस्ताक्षर भएको छ । यो व्यवस्था लागू भएसँगै धनकुटाका सेवाग्राहीले घर नजिकैबाटै राहदानी सेवा लिन सक्ने भएका छन् ।

images
images
अब सेवाग्राहीकै घरमै राहदानी :

प्रतिक्रिया दिनुहोस्