images
images
images

रारा गोल्डकपको ५ प्रतिशत आम्दानी पुण्य माविलाई दिने, क्लब–विद्यालयबीच सम्झौता

images

धनकुटा : रारा गोल्डकपको ५ प्रतिशत आम्दानी पुण्य माध्यमिक विद्यालयलाई दिने रारा फुटवल क्लब र विद्यालयबीच सम्झौता भएको छ । १३ औँ रारा गोल्डकपको पूर्वसन्ध्यामा भएको उक्त सम्झौताअनुसार प्रतियोगिताबाट उठ्ने आम्दानीको एक हिस्सा पुण्य माध्यमिक  विद्यालयलाई उपलब्ध गराइने भएको हो । आगामी वैशाख १८ देखि २२ गतेसम्म राजारानी बजारस्थित पुण्य माविको खेलमैदानमा  सञ्चालन हुने प्रतियोगिता अवधिभर प्रवेश शुल्कबाट संकलित रकमको ५ प्रतिशत विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनका लागि हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा विद्यालयका प्रधानाध्यापक युवराज कटुवाल र क्लबका सचिव जीवन कटुवालको रोहबरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन चावा राई र क्लबका अध्यक्ष मणि चेम्जोङ लिम्बूले हस्ताक्षर गरेका छन् । क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरेको जनाएको छ । विद्यालयले यस कार्यलाई सकारात्मक पहलका रूपमा लिँदै सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरेको छ। यस सम्झौताले खेलकुद र शिक्षा क्षेत्रबीच सहकार्यको नयाँ उदाहरण प्रस्तुत गरेको स्थानीयवासीले बताएका छन्।

images
images

images
images
१३ औँ संस्करणको रारा गोल्डकप

प्रतिक्रिया दिनुहोस्