धनकुटा । राष्ट्रिय टिमका गोलरक्षक तथा कप्तान किरन चेम्जोङले फ्रिकिकमार्फत निर्णायक गोल गर्दा आयोजक रारा फुटबल क्लब १३ औं संस्करणको रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजकले आर.आई.एफसी काठमाडौं लाई २–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलमा सुरुआती अग्रता भने आर.आई.एफसीले लिएको थियो। खेलको ४०औं मिनेटमा सुजन चौधरीको गोलमार्फत टोलीले अग्रता बनाएको थियो । तर दोस्रो हाफमा राराले उत्कृष्ट पुनरागमन गर्यो। खेलको ७८औं मिनेटमा हेमन लिम्बुले बराबरी गोल फर्काएपछि खेल प्रतिस्पर्धात्मक बनेको थियो ।
इन्जुरी समयमा भने राष्ट्रिय टिमका कप्तान तथा गोलरक्षक किरन चेम्जोङ ले करिब मैदानको मध्यभागबाट प्रहार गरेको फ्रिकिक विपक्षी गोलरक्षकलाई झुक्याउँदै सिधै जाली चुम्दा राराले महत्वपूर्ण जित हात पार्यो। उक्त गोल नै खेलको निर्णायक बन्यो । उत्कृष्ट प्रदर्शन गरेका किरन चेम्जोङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल खेल वैशाख २१ गते सलहेश युवा क्लब र बिर्तामोड युनाइटेड फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ ।

१३ औं संस्करणको रारा गोल्डकप :



हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्