images
images
images

निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रणका लागि धनकुटाका निर्माण व्यवसायीद्वारा दररेट पुनरावलोकनको माग

images

धनकुटा । निर्माण सामग्रीमा भइरहेको तीव्र मूल्यवृद्धिका कारण निर्माण क्षेत्र प्रभावित भएको भन्दै नेपाल निर्माण व्यवसायी संघ धनकुटाले जिल्ला दररेट कायम गर्न माग गरेको छ ।  प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालय धनकुटालाई पत्र पठाउँदै पछिल्लो समय पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल) तथा बिटुमिनलगायत निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढिरहेको कारण निर्माण व्यवसायीहरूलाई कार्य सञ्चालन गर्न कठिन भएको  नेपाल निर्माण व्यवसायी संघ धनकुटाका अध्यक्ष प्रकाश कुमार राई (थुलुङले) बताए ।

पत्रमा उल्लेख भए अनुसार पटक–पटक भइरहेको मूल्यवृद्धिका कारण निर्माण कार्यको लागत अत्यधिक बढेको छ भने पूर्वनिर्धारित दरमा काम सम्पन्न गर्न समस्या देखिएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ अनुसार १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएमा दर समायोजन गर्न सकिने व्यवस्था रहेको संघले स्मरण गराएको छ ।

images
images

संघले जिल्ला दररेट समितिको बैठकमार्फत हाल बजारमा देखिएको मूल्यवृद्धिलाई समेट्दै नयाँ दररेट निर्धारण वा पुरानै दररेटको पुनरावलोकन गर्न माग गरेको छ । विशेषगरी पेट्रोलियम पदार्थसँग सम्बन्धित निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई आधार मानी यथाशीघ्र दररेट कायम गर्न आग्रह गरिएको छ ।

संघका अध्यक्ष प्रकाश कुमार राई (धुलुङ)ले हस्ताक्षर गरेको उक्त पत्रमा निर्माण क्षेत्रको वर्तमान अवस्थालाई मध्यनजर गर्दै आवश्यक निर्णय लिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्