धनकुटा । वैशाख पहिलो हप्ता साँगुरीगढी गाउँपालिका वडा नं ५ डाँडाबजारमा सम्पन्न धनकुटा जिल्ला स्तरीय १६ ओैँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति धनकुटाकाे आयाेजना, साँगुरीगढी गाउँपालिकाको व्यवस्थापन र भानु माध्यमिक विद्यालय डाँडाबजारकाे संयाेजनमा गतवैशाख ४ र ५ गते नकुटा जिल्ला स्तरीय १६ ओैँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पन्न भएकाे थियो ।
सोही प्रतियोगिताकाे सामाजिक लेखा परिक्षण भानु माध्यमिक विद्यालयको सभाहलमा आयोजना गरिएको थियफ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल सुब्बाले प्रतियोगिताका लागि प्राप्त करिब १० लाख रुपैयाँ पेश्की तथा खर्च विवरण सार्वजनिक गरिएको थियो । उनका अनुसार प्रतियोगिताभर खेल सामग्री, जर्सी, ट्रफी, मेडल, प्रमाणपत्र, साउण्ड सिस्टम तथा व्यवस्थापनलगायत विभिन्न शीर्षकमा खर्च गरिएको थियो । सार्वजनिक विवरणअनुसार प्रतियोगिताको कुल खर्च भ्याटसहित १५ लाख ४० हजार १६ रुपैयाँ १० पैसा पुगेको बताइएको छ ।
कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष खड्ग लिम्बु, २ नं वडाध्यक्ष तथा गाउँपालिकाका सामाजिक विकास तथा खेलकुद विकास समिति संयोजक योगेन्द्र इवाहाङ, भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण खजुम लगायत स्थानीयवासी, शिक्षक, खेलप्रेमी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले आय–व्यय पारदर्शी रूपमा सार्वजनिक गरिएकोमा सकारात्मक प्रतिक्रिया दिएका थिए । विद्यालय तहका खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्लाकै महत्वपूर्ण खेलकुद कार्यक्रमका रूपमा स्थापित हुँदै गएको छ ।
प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिवल, तेक्वान्दाे, कराँते र उसु खेल सञ्चालन भएकाे थियाे । यस खेलमा धनकुटा जिल्ला भित्रका सातैओटा स्थानीय तहहरुले सहभागिता जनाएका थिए । दुई दिनसम्म सञ्चालित खेलमा ३२ स्वर्ण २६ रजत र २२ कास्य पदक सहित महालक्ष्मी नगरपालिकाले प्रथम स्थान ओगट्न सफल भएकाे थियाे भने धनकुटा नगरपालिकाले १६ स्वर्ण १३ रजत र १३ कास्य पदक हात पार्दै दितीय स्थानमा ओगटेकाे थियाे । यसैगरी चाैबिसे गा. पा. ले १० स्वर्ण ८ रजत र ४ कास्य पदक हात पार्दै तृतीय स्थानमा रहेकाे थियाे ।




हुलाकी पाटी 
















प्रतिक्रिया दिनुहोस्