images
images
images

तमोर करिडोरमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु, दुई जना घाइते

images

धनकुटा । चौबिसे गाउँपालिका–४ विजिटारस्थित निर्माणाधीन तमोर करिडोर सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  सोमवार बिहान करिब ९ः३० बजे इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३९४९ नम्बरको टाटा विङ्गर अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका–६ निवासी अन्दाजी ४० वर्षीया सवित्रा ढुंगेल को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सवारीभित्र च्यापिएको अवस्थामा फेला परेकी थिइन् ।

दुर्घटनामा सवारी चालक तेजकुमार चेम्जोङ घाइते भएका छन्। पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ निवासी अन्दाजी २८ वर्षीय चेम्जोङको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। त्यस्तै, दिपेन रसाइली पनि घाइते भएका छन्। ताप्लेजुङको फुङलिङ नगरपालिका–८ निवासी अन्दाजी २२ वर्षीय रसाइलीलाई चालकसँगै उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। उक्त सवारीमा करिब २ हजार ५ सय चल्ला समेत बोकेको जनाइएको छ। दुर्घटनामा केही चल्ला मरेर नष्ट भएका छन् ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्