धनकुटा । १३ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रवेश शुल्कबाट संकलित रकममध्ये ५ प्रतिशत रकम पुण्य माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
गतवैशाख १५ गते पुण्य माध्यमिक विद्यालय र रारा फुटबल क्लबबीच भएको सम्झौताअनुसार क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत वैशाख १८ देखि २२ गतेसम्म सञ्चालन भएको १३ औँ रारा गोल्डकपको अवधिमा प्रवेश शुल्कबाट संकलित ११ लाख २० हजार रुपैयाँको ५ प्रतिशत बराबर हुन आउने ५५ हजार २ सय रुपैयाँ विद्यालयलाई प्रदान गरेको हो ।
आज आयोजित कार्यक्रममा क्लबका उपाध्यक्ष राजेश निरौला, सचिव जीवन कटुवाल, आर्थिक संयोजक देव याख्खा तथा टिम कोच सविन अधिकारीले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक युवराज कटुवाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन चावा राईलाई चेक हस्तान्तरण गरेका थिए ।
विद्यालयले शैक्षिक विकासका लागि क्लबले देखाएको प्रतिबद्धता र सहयोगप्रति आभार व्यक्त गर्दै यस कार्यलाई स्तुत्य सामाजिक पहलको रूपमा लिएको जनाएको छ । साथै विद्यालयले रारा फुटबल क्लब तथा पदाधिकारीहरूप्रति उच्च सम्मानसहित हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।



हुलाकी पाटी 















प्रतिक्रिया दिनुहोस्