images
images
images

सहिद भीमनारायण गोल्डकपमा विर्तामोडको सहज जित, सेमिफाइनलमा प्रवेश

images

धनकुटा । धनकुटामा जारी १८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा झापाको विर्तामोड युनाइटेड क्लबले सहज जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ ।  धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सोमबार सम्पन्न खेलमा विर्तामोडले उदयपुरको गाईघाट युनाइटेड क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

विर्तामोडको जितमा आशिष चापागाईंले दुई गोल गर्दा प्रदीप बुढाथोकीले एक गोल थपेका थिए । गाईघाटका लागि सुनिल खड्काले एक मात्र सान्त्वना गोल फर्काए । खेलभर उत्कृष्ट प्रदर्शन गरेका विर्तामोडका आशिष चापागाईं खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले नगद ६ हजार पाँच रुपैयाँ र ट्रफी प्रदान गरेका थिए ।

images
images

प्रतियोगिताअन्तर्गत मंगलबार आयोजक धनकुटा र भारतको जर्जियन फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ लाख रुपैयाँसहित ट्रफी हात पार्नेछ ।

वि.सं. २०५५ सालदेखि सुरु भएको सहिद भीमनारायण गोल्डकप केही वर्ष स्थगित भएपछि २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ । प्रतियोगिता तत्कालीन राजा वीरेन्द्र शाहमाथि बम प्रहार गरेको अभियोगमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा आयोजना हुँदै आएको हो । नेपाल सरकारले श्रेष्ठलाई २०७४ सालमा सहिद घोषणा गरेको थियो ।

images
images
१८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप

प्रतिक्रिया दिनुहोस्