images
images
images

जर्जियनलाई हराउँदै आयोजक सेमिफाइनलमा

images

धनकुटा । धनकुटामा जारी अठारौं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक टिम विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा मंगलवार सम्पन्न खेलमा भारतको जर्जियन फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक टीम सेमिफाइनलमा प्रवेश गरेको हो ।

आयोजकको जीतमा प्रतिक मगर र विपिन जवेगुले एक/एक गोल गरेका थिए । पाहुना टोली जर्जियनका लागि कुञ्जमान थापाले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।  खेलभर उत्कृष्ट प्रदर्शन गरेका आयोजक टिमका विशाल भण्डारी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ६ हजार पाँच रुपैयाँ र ट्रफी प्राप्त गरे ।

images
images

प्रतियोगिताअन्तर्गत बुधवार ललितपुरको सातदोबाटो युथ क्लव र मोरङको बेलबारी फुटबल क्लव वीच प्रतिस्पर्धा हुनेछ ।

सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ लाख रुपैयाँसहित ट्रफी हात पार्नेछ ।

प्रतियोगिता तत्कालीन राजा वीरेन्द्र शाहमाथि बम प्रहार गरेको अभियोगमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा आयोजना हुँदै आएको हो । नेपाल सरकारले श्रेष्ठलाई २०७४ सालमा सहिद घोषणा गरेको थियो ।

 

images
images
१८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप

प्रतिक्रिया दिनुहोस्