धनकुटा । धनकुटामा जारी अठारौं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा मोरङको बेलबारी फुटबल क्लव विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा बुधवार सम्पन्न खेलमा ललितपुरको सातदोबाटो युथ क्लव क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मोरङको बेलबारी फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको हो ।
बेलवारीको जितमा एक मात्र निर्णायक गोल खेलको अन्त्यतिर ८० औं मिनेटमा विदेशी खेलाडी वावाटुण्डेले गरेका थिए । वेलवारीकाे लागि एक मात्र निर्णायक गोल गर्ने वावाटुण्डे खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ६ हजार पाँच रुपैयाँ र ट्रफी प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत विहिवार पहिलो सेमिफाइनलको खेल आयोजक टीम र सलहेश फुटवल क्लव वीच प्रतिस्पर्धा हुनेछ ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ लाख रुपैयाँसहित ट्रफी हात पार्नेछ ।
प्रतियोगिता तत्कालीन राजा वीरेन्द्र शाहमाथि बम प्रहार गरेको अभियोगमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा आयोजना हुँदै आएको हो । नेपाल सरकारले श्रेष्ठलाई २०७४ सालमा सहिद घोषणा गरेको थियो ।
१८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप



हुलाकी पाटी 















प्रतिक्रिया दिनुहोस्