images
images
images

सिराहाको सलहेशलाई पराजित गर्दै आयोजक टोली फाइनलमा

images

धनकुटा । सिराहाको सलहेश फुटबल क्लबलाई पराजित गर्दै आयोजक टोली धनकुटामा जारी १८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सलहेश फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै आयोजक टोलीले उपाधि नजिकको यात्रा तय गरेको हो ।

आयोजक टोलीको जितमा अमित भेश्राले पहिलो हाफमा गोल गरे । खेलभर उत्कृष्ट प्रदर्शन गरेका आयोजक टीमका विवेक गुरुङ  ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री निरनकुमार राईले नगद ६ हजार ५ रुपैयाँसहित ट्रफी प्रदान गरे । प्रतियोगिताअन्तर्गत शुक्रवार झापाको विर्तामोड युनाइटेड क्लव र मोरङको वेलवारी फुटवल क्लववीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

images
images

सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ लाख रुपैयाँसहित ट्रफी हात पार्नेछ ।

वि.सं. २०५५ सालदेखि सुरु भएको सहिद भीमनारायण गोल्डकप केही वर्ष स्थगित भएपछि २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ । प्रतियोगिता तत्कालीन राजा वीरेन्द्र शाहमाथि बम प्रहार गरेको अभियोगमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा आयोजना हुँदै आएको हो । नेपाल सरकारले श्रेष्ठलाई २०७४ सालमा सहिद घोषणा गरेको थियो ।

images
images
१८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप

प्रतिक्रिया दिनुहोस्