काठमाडौँ। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि चितवनको सौराहनमा ‘लिडर्स नाईट वीथ भुषण दाहाल’ कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८१ साउन महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा सहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २२५ जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । योजनामा छनौट भई सहभागि भएका अभिकर्ताहरुलाई प्रमुख अतिथि दाहालले सम्मान गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि भुषण दाहालले अभिकर्ताहरुलाई नेतृत्वको बारेमा विशेष प्रशिक्षण दिँदै नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि हजारौँ प्रश्नको जवाफ दिने आँट र साहास बोकेर बस्न सक्नु पर्ने धारणा व्यक्त गरे ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्