काठमाडाैँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारणसभा फागुन ११ गते बोलाएको छ ।
सभा मिराबेल रिसोर्ट एण्ड होटल, धुलिखेल, काभ्रेपलान्चोकमा बिहान साढे ११ बजे बस्नेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको हाल कायम चुक्ता पुँजी ५९ करोड ९० लाख ९६ हजार ७ सय २८ रुपियाँ छ । सभाले लेखापरीक्षकसहितको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्नेछ ।
त्यस्तैगरी सञ्चालक समितिमा १ जना महिलासहित ६ जनामध्ये सर्वसाधारण समूहबाट २ जना तथा संस्थापक समूबाट ४ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
सभाले उपयुक्त वित्तीय संस्थासँग गाभ्ने गाभिने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ । लाभांश तथा साधारणसभा प्रयोजनार्थ लघुवित्तले माघ २४ गते एक दिन बुक क्लोज गर्नेछ । त्यसैले माघ २३ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन र सभामा सहभागिता जनाउन सक्नेछन् ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्