images
images
images

सीजी मोटर्सले नेपालमा भित्र्यायो जेटोर ब्रान्ड, नेपाली अटोमोबाइल उद्योगमा माइलस्टोन साबित हुने विस्वास

images

काठमाडौँ । नेपालमा गुणस्तरीय र इनोभेटिभ सवारीसाधन ल्याउने अभियानलाई थप सशक्त बनाउन सीजी मोटर्स प्रालिले जेटोर ब्रान्डलाई नेपाल भित्र्याएको छ ।

सीजी मोटर्सले चेरी समूहअन्तर्गतको जेटोर ब्रान्डलाई नेपालमा आधिकारिक रूपमा भित्र्याएको हो । जेटोर उच्च प्राविधिक क्षमता र नवीन डिजाइनका लागि विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्ड हो। सीजी मोटर्स र जेटोर इन्टरनेसनलले आज एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरी जेटोरका उत्पादनहरू नेपालमा सीजी मोटर्सको डिलर नेटवर्क मार्फत व्यापक रुपमा उपलब्ध गराउने सहमती गरेका छन् ।
कार्यक्रममा दौरान जेटोर इन्टरनेसनलका उपाध्यक्ष केभिन सु र सीजी मोटर्सका सीईओ तथा निर्देशक हेमन्त अग्रवालले एमओयूमा हस्ताक्षर गरे। उक्त सहकार्यले नेपालको सवारीसाधन बजारमा सकारात्मक प्रभाव पार्नुमा साथै विशेषगरी इलेक्ट्रीक सवारीसाधन (इभी) क्षेत्रमा जेटोरलाई अग्रणी बनाउने लक्ष्य लिएको सीजी मोटर्सले जनाएको छ ।

images
images

जेटोर ब्रान्डको बढ्दो विश्वसनीयता, नवीनता र उन्नत प्राविधिक विशेषताका कारण विश्वभर आफ्नो उपस्थिति मजबुत बनाउँदै आएको छ। जेटोरलाई नेपालमा भरपर्दो इभी ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य रहेको सीजी मोटर्सले जनाएको छ । सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले जेटोरलाई नेपालमा भित्र्याउन पाउँदा आफूहरू उत्साहित रहेको बताए। उनले भने ‘यस सहकार्यले नेपालमा गुणस्तरीय इभी सवारीसाधनको पहुँचलाई बढावा दिनेछ। जेटोर ब्रान्डको प्राविधिक क्षमताले नेपाली उपभोक्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्नेछ।’

जेटोरका इभी तथा अन्य उत्पादनहरूले पर्यावरणीय दायित्व र सवारीसाधनको कार्यक्षमतालाई प्राथमिकतामा राख्दै राखेकाले सवारी साधनको नयाँ युगलाई समर्थन गर्ने विस्वास छ । जेटोरका सवारीसाधनहरूले स्मार्ट टेक्नोलोजी, स्टाइलिश डिजाइन, र ऊर्जा बचतका दृष्टिकोणबाट नेपाली उपभोक्ताहरूको मन जित्ने अपेक्षा गरिएको छ।
जेटोर र सीजी मोटर्सको यो सहकार्य नेपाली अटोमोबाइल उद्योगमा माइलस्टोन साबित हुनेअपेक्षा गरिएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्