images
images
images

अध्यादेशले आर्थिक ‘रिफर्म’का काममा उद्योगीलाई उत्प्रेरित गरेको छ : अध्यक्ष ढकाल

images

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशले आर्थिक ‘रिफर्म’का काममा उद्योगीलाई उत्प्रेरित गरेकाले अध्यादेशले उद्योगी व्यवसायीका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनमा अध्यक्ष ढकालले सरकारले ल्याएको अध्यादेश महत्त्वपूर्ण रहेको भन्दै कार्यान्वयनमा ल्याउन आग्रह गरे । उनले भने, ‘सरकारले ल्याएको अध्यादेश महत्त्वपूर्ण छ । यसले धेरै आर्थिक ‘रिफर्म’का कामका लागि उद्योगीलाई उत्प्रेरित गरेको छ । यसलाई छिट्टै कार्यान्वयनमा ल्याएर सहयोग गर्न पनि पनि आग्रह गर्दछु ।’ यस्तै, उनले नेपालका उद्योगी व्यवसायीहरूले नेपालमा स्टार्टअप र साना तथा मझौला उद्योग स्थापना र प्रवर्द्धनका लागि लगानीको सहज वातावरण निर्माण गर्न कानुनी जटिलताहरू हटाएर एकद्वार प्रणाली लागु गर्नुपर्ने उल्लेख गरे । कांग्रेसले आयोजना गरेको सो कार्यक्रमले धेरै युवाहरूलाई उद्यम क्षेत्रमा आउन महत्त्वपूर्ण भूमिका खेल्ने भनाइ ढकालको छ । काम गर्ने इमानदारीता र इच्छाशक्ति भएमा सफल उद्यमी बन्न वर्तमान समयमा अवसरहरु पर्याप्त भएको उल्लेख गर्दै ढकालले भने, ‘यो श्रेणीमा आउन मलाइ ४० वर्ष लाग्यो । पहिला चुनौती थियो अहिले धेरै सहज छ । अहिले बैंक र वित्तीय संस्थाले सहज रूपमा ऋण लिन सकिने व्यवस्था गरेका छन् । विभिन्न समिटहरू भइरहेका छन । त्यसबाट सहजै अवसर लिन सकिने अवस्था छ ।’

images
images

कार्यक्रममा नेपाल महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन । नेपाल महिला उद्यमी महासंघमा ५५ सय महिला उद्यमीहरू आवद्ध छन् । यस्तै, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निवार्ण चौधरीले वित्तिय संस्थाले ठूलो लगानीको वातावरण सिर्जना गरेको उल्लेख गर्दै नवपवर्तनलाई बढाउन सरकारले कानुनी सहजीकरण गरे अर्थतन्त्रको चाप घट्ने बताए । ‘निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारले नवपवर्तनलाई बढावा दिने कानुनी सहजीकरण गर्न सकेको अवस्थामा मुलुकको अर्थतन्त्र चापमा पर्दैन,’ चौधरीले भने ।

 

images
images

प्रतिक्रिया दिनुहोस्