images
images
images

शून्य उत्सर्जन सवारी एनले ल्यायो चेम्बर एक्सपो को अवसरमा विशेष अफर

images

काठमाडाैँ । नेपालमा इलेक्ट्रिक स्कूटरको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै शून्य उत्सर्जन सवारी एन (Zero Emission Ride N) ले माघ १७ देखि २१ सम्म भृकुटीमण्डपमा आयोजना हुने आठौंँ चेम्बर एक्सपो मा सहभागी हुँदै विशेष अफर सार्वजनिक गरेको छ।

यस अफर अन्तर्गत,लुयान र इकोटर ब्रान्डका कुनै पनि इलेक्ट्रिक स्कूटर खरिद गर्ने ग्राहकले रु. २०,००० नगद छुट पाउनेछन्। यो अफर केवल नगद खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ। नगदमा खरिद गर्न नसक्ने ग्राहकहरूका लागि सहज फाइनान्स सुविधा उपलब्ध हुनेछ भने एक्सचेन्ज अफर समेत प्रदान गरिनेछ।

images
images

शून्य उत्सर्जन सवारी एन नेपालमा ६ वर्षभन्दा बढी समयदेखि इलेक्ट्रिक स्कूटरको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ। नेपालको सबैभन्दा ठूलो सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सहित २००० भन्दा बढी ग्राहकहरूलाई सेवा दिइसकेको यस कम्पनीले अब अझ व्यापक रूपमा ग्राहकलाई उत्कृष्ट सेवा दिने योजना बनाएको छ।

कम्पनीले इलेक्ट्रिक स्कूटरमा आकर्षक छुट र सहज फाइनान्स सुविधासहित यो अफरको लाभ लिन माघ १७ देखि २१ सम्म भृकुटीमण्डप आउन  आग्रह  समेत गरेकाे छ ।

images
images

प्रतिक्रिया दिनुहोस्