images
images
images

नेकपा एसले जारी गर्यो १० बुँदे आचारसंहिता, महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्ने

images

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले पार्टीभित्रका नेता कार्यकर्ताका लागि आचारसंहिता जारी गरेको छ।

ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शुक्रबारदेखि सुरू भएको केन्द्रीय समितिको पूर्ण बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता कार्यकर्ताहरूका लागि १३ बुँदे आचारसंहिता प्रस्तुत गरे । आचारसंहितामा पार्टीको मार्गदर्शक सिद्धान्त, आचारण,मूल्यमान्यतादेखि नैतिकता र व्यवहार कस्तो हुनुपर्ने भन्ने निर्धारण गरेको छ।

images
images

नेता कार्यकर्ताहरुको आचरण कस्तो हुनुपर्छ भन्ने विषय तोकिएको आचारसंहितामा उनिहरुलाई श्रमको सम्मान गर्नेदेखि श्रम शोषण गर्न नहुने सम्मको बुँदाहरु समेटिएको छ ।
‘नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्दछ र उनीहरुको खानपान, रहनसहन, बसउठ आदि सरल र सामान्य हनुपर्दछ। यो नै हाम्रो आचरणको मूल पक्ष हो । यसैलाई हामीले व्यवहारमा उतार्नु पर्दछ, उतार्न प्रतिबद्ध छौं,’आचारसंहितामा भनिएको छ।

यसैगरी,बोल्दा अश्लील र अपशब्दको प्रयोग नगर्न पनि आचारसंहितामा भनिएको छ। नेता कार्यकर्ताहरूले कम्युनिष्ट नैतिकता प्रदर्शन गर्नुपर्ने, विवाहहेत्तर र विवाहपूर्वको सम्बन्धलाई एकीकृत समाजवादीले अनैतिक कार्य भनेको छ। आचारसंहितमा भनिएको छ, ‘परपुरुष–परस्त्री शारिरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारिरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन । महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नु पर्दछ ।’

यस्तै, नेता तथा कार्यकर्तालाई भ्रष्टाचारविरुद्ध दृढ भएर उभिन आचारसंहितमा भनिएको छ। ती आचारसंहिताहरू केन्द्रीय कमिटी बैठकले पारित गरेपछि मात्र लागू हुनेछ ।

images
images

प्रतिक्रिया दिनुहोस्